आइपीएलमा राजस्थान रोएल्स ६ विकेटले विजयी

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्सले कोलकता नाइटराइडर्सलाई ६ विकेटले पराजित गरेको छ । जारी सिजनको शनिबार राति भएको खेलमा कोलकाताले दिएको १३४ रनको लक्ष्य राजस्थानले मात्र ४ विकेट गुमाएर सात बल बाँकी छर्दै पूरा गरेको थियो ।
राजस्थानको जितमा कप्तान सन्जु सामसनले नटआउट ४२ रन बनाए । डेभिड मिलरले २४, यजश्वी जयसवाल र शिबम दुवेले समान २२-२२ रन बनाए । कोलकताका लागि वरुण चक्रवर्तीले दुई तथा शिबम माभी र प्रसिद्ध कृष्णले एक/एक विकेट लिए ।
पहिला ब्याटिङ गरेको कोलकताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । कोलकताका लागि राहुल त्रिपाठीले ३६, दिनेश कार्तिक २५ तथा नितिस राणाले २२ रन बनाए । राजस्थानका क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया