अबको संसदमा हजुरबादेखि नातिनातिनीसम्मको पुस्ता

काठमाडौं–मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म सार्वजनिक मत परिणामले यसअघिको तुलनामा उमेर समूह अन्तर्गत रोचक देखिएको छ ।
रोचक यहाँ छ कि हालसम्म निर्वाचित भएका सांसदमा हजुरबापुस्तादेखि नाति पुस्तासम्मको रहेको छ । अहिलेको संसदमा हालसम्मको परिणाम हेर्दा २७ वर्षदेखि ८० पुगेका सम्मको सहभागिता हुने देखिएको हो ।
हालसम्मको प्रतिनिधिसभाको यस निर्वाचनको परिणामअनसार निर्वाचित हुने सबैभन्दा ज्येष्ठ सदस्य राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र महन्थ ठाकुर छन् । केसी बागलुङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् भने ठाकुर महोत्तरी ३ बाट निर्वाचित भएका छन् । निर्वाचन आयोगको तथयांकमा उनीहरुको उमेर आठ दसक पुगेको देखिन्छ ।
र, अहिलेसम्मको सानो उमेर काठमाडौं–२ बाट सविजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम रहेकी छिन् । उनको उमेर २७ रहेको छ । यो हिसाबले पनि अबको संसदमा हजुरबाकोपुस्तादेखि नातिनातिनाको पुस्तासम्मको सहभागिता हुने देखिन्छ ।
उसो त ५० कटेकाहरु पनि सांसादमा धेरै जना निर्वाचित भएका छन् । यसरी हेर्दा उमेरको दृष्टिले दुईदेखि आठ दसकसम्मको प्रतिनिधित्व हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवा ७७ वर्ष पुगे । उनीडडेलधुरा–१ बाट निर्वाचित भएका छन् । राप्रपाका ध्रुवबहादुर प्रधान ७३ वर्षका हुन् । उनी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित बनेका छन् भने ७७ वर्षका एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट निर्वाचित भएका छन् ।
संसदीय राजनीतिमा निक्कै अनुभव बोकेकादेखि नयाँ अनुहारले प्रतिनिधित्व गर्ने हुँदा अबको संसद कस्तो होला भन्ने धेरैको चासोको विषय छ ।

गर्भनर प्रकरणमा सुदन किराती बोलेः सिंहदरबारको कुशासनले गणतन्त्रमाथि खतरा बढ्यो

हुम्लाको चंखेली गाउँपालिकामा भारतीय दुतावासको सहायतामा पाँच शैय्याको अस्पता…

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

भैरहवा पुग्यो दीपक बोहराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री

राप्रपा नेता दिपक बोहराकाे निधन

प्रतिक्रिया