आइतबारबाट हेटौंडामा १५ बेडको आइसोलेसन सञ्चालनमा आउने

मकवानपुर : हेटौंडामा आइतबारदेखि १५ बेडको आइसोलेसन सञ्चालनमा ल्याउने तयारी छ । हेटौंडा उप-महानगरपालिकाले हेटौंडा-६, स्थित गौरिटारमा १५ बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन लागेको हो । हेटौंडामा कोभिड-१९ संक्रमितहरूको संख्या दिनहुँ बढ्दै गएकोले संक्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्न अक्सिजनसहितको आइसोलेसन वार्ड तयार गरिएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताए ।
उनका अनुसार सामान्य लक्षण नदेखिएका कोभिड संक्रमित होम आइसोलसनमै बस्ने र लक्षण देखिएको संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिनेछ । हेटौंडाको गौरिटारमा १ सय २० बेड को आइसोलेसन वार्ड यसअघि सञ्चालनमा रहे पनि हालको लागि १५ बेडको अक्सिजनसहितको आइसोलेसन वार्ड सञ्चालन हुने उनको भनाइ छ । यसअघि बागमती प्रदेश सरकारले स्थापना गरेको गौरिटार आइसोलेसन अब हेटौंडा उप–महानगरपालिकाले सञ्चालन गर्नेछ ।
मकवानपुरमा पछिल्लो एक हप्तामा एक सय जना भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । मकवानपुरमा हेटौंडा अस्पतालबाट कोभिडको पीसीआर परीक्षण गरिदै आएको छ भने वनस्खण्डी स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण हुँदै आएको छ । हेटौंडा अस्पतालले एक हजार रुपैयाँ शुल्क लिएर कोभिडको पीसीआर परीक्षण गर्ने गरेको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिए । ‘कोरोना परीक्षण गर्न अनिवार्य चिकित्सकको सिफारिस चाहिन्छ,’ उनले भने ।
यसअघि प्रदेश सरकारले निशुल्क रूपमा कोभिड परीक्षण गर्दै आए पनि अहिले काभिड परीक्षण शुल्क तिरेर गर्नुपर्ने भएको हो । हेटौंडा अस्पतालमा आउने सेवाग्राहीहरू तथा कोभिड परीक्षण भएका परिवारको सदस्यहरूले मात्रै जिल्लामा कोभिड परीक्षण गराएको उनले बताए । यस्तै हेटौंडा अस्पतालमा गम्भीर खालका कोभिड संक्रमितको उपचार गर्न १० बेडको आइसोलेसन वार्ड तयार भएको छ ।
२० बेडको आइसोलेसन वार्ड तयार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले बताए । हेटौंडामा अस्पतालमा गौरिटार आइसोलेसनले रिफर गरेर पठाएको संक्रमितको मात्र उपचार हुने उनको भनाइ छ । अस्पतालको आइसोलेसनमा भेन्टिलेटरसहितको सेवा हुनेछ । कोराना संक्रमितलाई ओसारपसार गर्न मकवानपुरमा दुई एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । गौरिटार आइसोलेसन वार्ड र हेटौंडा अस्पतालमा एक÷एक एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको हो ।
यसैगरी शनिबारदेखि प्रदेश-२ को बारा जिल्लाबाट मकवानपुर प्रवेश गर्ने मुख्य नाका रातोमाटोमा ज्वरो क्लिनिक सुरु भएको छ । अब उच्च ज्वरो आएकाहरूलाई नाकाबाटै फिर्ता पठाइनेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया