सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्दा ६ प्रतिशत बदर

सोलुखुम्बु- सोलुखुम्बुमा यस पटक सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ४८ प्रतिशत मत खस्यो । यहाँ कूल मतदाता ८१ हजार पाँच सय दुई रहेका थिए।
जिल्लामा खसेको ३९ हजार चार सय ३३ मतमध्ये चार हजार दुई सय ९० मत अर्थात् झण्डै छ प्रतिशत मत बदर भएको पाइएको छ । मत बदरको सङ्ख्या कम गर्नकै लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको थियो । मतदाता शिक्षाका लागि खटाइएका कर्मचारी गाउँगाउँ नपुग्दा मतदाता झुक्किएका पोङबोचे मतदान केन्द्रमा खटिनुभएका मतदान अधिकृत ङवाङ दोर्जी बाहिङ बताउँछन् ।
जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार दुई सय ६३, प्रदेशसभा (१) मा एक हजार एक सय ६६ र प्रदेशसभा (२) मा आठ सय ६१ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कतिपय मतदाताले एउटै मतपत्रमा धेरै स्वस्तिक छाप लगाएको पाइएको छ । कतिपय मतपत्र खालीसमेत भेटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।
मत बदर कम गर्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतपत्रको छुट्टाछुट्टै व्यवस्था गरिएको भए पनि मतदानसम्बन्धी चेतनाको अभाव र गठबन्धनका कारण पनि मतदाता झुक्ँिकदा मत बदरको सङ्ख्या बढेको बताइएको छ । ग्रामीण भेगमा मात्र नभई सदरमुकाम क्षेत्रकै मतदाता पनि मतदान गर्ने विधिबारे कम ज्ञानकार रहेको पाइएको छ ।
यद्यपि जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामनारायण शाह मतदाता शिक्षा प्रदान गर्ने जिम्मेवारी गाउँपालिकालाई दिइएको र आफूहरुले अनुगमन तथा समन्वय मात्र गरेको बताउनुहुन्छ । अनुगमनका क्रममा पनि मतदाता शिक्षा प्रभावकारी रुपमै प्रदान गरेको पाइएको निर्वाचन अधिकारी शाहले बताए।

गर्भनर प्रकरणमा सुदन किराती बोलेः सिंहदरबारको कुशासनले गणतन्त्रमाथि खतरा बढ्यो

हुम्लाको चंखेली गाउँपालिकामा भारतीय दुतावासको सहायतामा पाँच शैय्याको अस्पता…

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

भैरहवा पुग्यो दीपक बोहराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री

राप्रपा नेता दिपक बोहराकाे निधन

प्रतिक्रिया