शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल एक साताका लागि बन्द

काठमाडौँ : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सोमबारदेखि एक हप्ता बन्द हुने भएको छ । अस्पतालका कार्यरत कर्मचारीहरूको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स र प्रशासनिक कर्मचारीको रिपोर्ट पोजेटिभ आएकाले एक हप्ता बन्द गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ । 

अस्पतालले निकालेको सूचनामा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा कार्यरत कर्मचारीहरूको पीसीआर टेष्ट गर्दा गरेका मध्य ९० प्रतिशत डाक्टर, स्टाफ नर्स प्रशासनिक कर्मचारीहरूको पीसीआर रिपोर्ट पोजेटिभ आएको’ उल्लेख छ । 

सूचनामा बैशाख १२ गतेदेखि बैशाख १८ गतेसम्म एक साता अस्पतालका आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द रहने उल्लेख छ ।