इलाम–२ मा एमाले उपाध्यक्ष नेम्वाङ १६ मतले पछाडि

इलाम- इलाम क्षेत्र नं २ को मतगणना अन्तिम समयमा पुग्दा रोचक बन्दै गएको छ । यहाँ नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मतान्तर क्रमशः घट्दै गएको छ ।
इलाम नगरपालिकाको मत गणना हुनुअघि करिब दुई हजार मतले अघि रहेका नेम्वाङको मत अन्तर क्रमशः घट्दै गएको छ । हाल उनी १६ मतले पछि परेका छन् । नेपाली कांग्रेसका उम्मेदार डम्बरबहादुर खड्काले २८ हजार चार सय ८६ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार नेम्वाङले २८ हजार चार सय ७० मत प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अब इलाम नगरपालिका–१ र २ को मत गन्न बाँकी छ । यस निर्वाचन क्षेत्रमा ६९ हजार ८५ मत खसेको थियो । यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिएका थिए ।

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

आज राष्ट्रियसभाको बैठक बस्दै

संसदीय समितिमा भन्सार विधेयकबारेमा छलफल हुने

डा. कोइरालाले उठाए विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजबाट

प्रतिक्रिया