पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट
दोषीमाथि कारबाहीको माग गर्दै सडक अवरुद्ध

सिरहा- गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगामुढा र कुटपिटको विरुद्धमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन् ।
सिरहा ३ बाट निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहित सहभागी विजय र्यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ प्रतिद्वन्द्वी विश्वनाथ साह र उनका दाजु देवनाथको घरमा ढुङ्गामुडा गरेका थिए । यसै घटनको विरोध गर्दै दोषीलाई कारबाहीको मागसहित आज गोलबजार बन्द गरेर सडक अवरुद्ध गरेका हुन् ।
एमाले कार्यकर्ताले गोलबजार नपा–४ स्थित घरमा ढुंगामुढा गरेका थिए । उनीहरूले एक जनालाई कुटपिट समेत गरेको स्थानीयको भनाइ छ । यही कारण आज बिहानैदेखि स्थानीय र माओवादी नेता कार्यकर्ताले गोलबजार बन्द गरि सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध गरेपछि यहाँ अवस्था तनावग्रस्त बनेको छ ।
एमाले कार्यकर्ताहरूले ढुंगामुढा गर्दै घरको झ्यालको सिसा फुटाएका थिए । त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाइदिका छन् । विरोधस्वरूप स्थानीय र माओवादी कार्यकर्ताले आज बजार बन्द गर्नुका सथै पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्डमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
टाउको फुटेर घाइते भएका साहको गोलबजारस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सडक अवरुद्धका कारण पूर्वमा–पश्चिम राजमार्गको गोलबजार क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ ।
माओवादी कार्यकर्ता तथा स्थानीयले उक्त घटनाको विरोधमा शुक्रबार साँँझ पनि तीन घण्टा पूर्व(पश्चिम अवरुद्ध गरेका थिए । पछि प्रहरीले खुलाएको थियो । एमालेका श्रेष्ठ सत्ता गठबन्धनका उम्मेदवार साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै निर्वाचित भएका छन् । सोही जितको उन्मादमा ढुंगामुढा गरेको माओवादी केन्द्र जिल्ला कमिटीको आरोप छ ।
सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सडक खुलाउने विषयमा वार्ता भइरहेको बताए । उनले अहिले नै धेरै कुरा बताउने अवस्था नरहेको भन्दै अवरुद्ध सडक तथा बन्द बजार चाँडै खुल्ने जानकारी दिए । न्युज कारखाना

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया