सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

आगलागीबाट कृषि फर्ममा लाखाैंकाे क्षति

सप्तरी- छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारी सखडा सडक खण्डमा रहेको गाेविन्दा कृषि तथा पशुपक्षी फर्ममा शुक्रबार भएकाे आगलागीबाट लाखाैंकाे क्षति भएकाे छ । आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

राति फर्ममा काेही नभएको बेला आगलागी भएको स्थानीयले बताए । स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले आगाे निभाएका थिए । आगलागीबाट दुई वटा घर, १५ बाेरा कुखुराको दाना, ५३ वटा दाना खुवाउने डिब्बा, ७५ थान स्टेन, २७ वटा कुखुरा, तार वाईरिंगसहित  तीन लाखभन्दा बढीकाे धनमाल क्षति भएको फर्मका सञ्चालक गाेविन्दाकुमार मण्डलले जानकारी दिए ।

आगलागी कसरी भयाे भन्ने विषयमा अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय सखडाका प्रहरी निरीक्षक शत्रुधन राउतले जानकारी दिए ।