के ट्रम्पको पराजय 'पपुलिजम' अन्त्यको संकेत हो ?

लन्डन : भर्खरै सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्प पराजित भएसँगै, जो बाइडनलाई बधाई दिने सरकार प्रमुखहरुको सूचीमा हङ्गेरीका पपुुलिष्ट राष्ट्रपति भिक्टोर ओरबन पनि थपिए । आफ्ना मित्रलाई पराजित गरेका उम्मेदवारलाई बधाई दिन ओरबनलाई कम सकस भएन होला ।
पछिल्ला वर्षहरुमा विश्वभर नै 'पपुलिष्ट' राजनीतिकर्मीहरुको संख्या बढिरहेको छ । बेलायतदेखि ब्राजिलसम्मका सरकार प्रमुखहरु पपुलिष्ट मार्गबाट नै स्थापित भएका हुन् । ट्रम्पको पराजयले उल्लेखित नेताहरुलाई पक्कै पनि निराश बनाएको हुनुपर्छ । त्यसो त ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुँदा ओरबनले खुशी मनाएका थिए ।
ट्रम्पको पराजय विश्वभरका 'पपुुलिष्ट'का लागि ठूलो झट्का हो । तर विश्वभर जरा गाड्दै अघि बढिरहेको 'पपुलिजम'लाई यसले कुन स्तरको असर गर्ने हो भन्ने तय छैन । ट्रम्प पराजित भए पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनको इतिहासमै दोस्रो मत प्राप्त गरे । त्यसले पनि उनको लोकप्रियता प्रचार गरिएअनुसार घटेको छैन भन्ने देखाउँछ । र, उनको अमेरिकी समाजमा लामै समयसम्म प्रभाव रहनेछ भन्ने सहज अनुमान गर्न सकिन्छ ।
आर्थिक, सामाजिक तथा राजनीतिक जे कारणले 'पपुलिजम' र 'जेनोफोबिया'को सुरुवात भए पनि त्यस्ता अभियानहरु धेरै मुलुकबाट तत्काल हट्ने देखिदैन । अझ कोभिड–१९ (कोरोना भाईरस) पछिको अवस्थामा 'पपुलिजम' थप मजबुत भएर जाने अनुमान गरिदैछ । सामाजिक सञ्जालहरुमा दक्षिणपन्थी नारा चलिरहनु, ट्रम्पको पराजयसँग सम्बन्धित होस वा कोरोना भाइरस सम्बन्धित होस, प्रमाणित नै नहुने दाबाहरु पेश भइरहनुले पनि विश्वमा 'पपुलिष्ट'हरु तत्काल सेलाउने देखिदैन ।
‘यसपटकको अमेरिकी राष्ट्रपति निर्वाचन हाम्रो पुस्ताकै सर्वाधिक महत्वपूर्ण रह्यो । यद्यपि ट्रम्प पराजित भए पनि पपुलिजम नै हराउँछ भन्ने चाहिं म ठान्दिनँ,’ अक्सर्फोड विश्वविद्यालयको युरोपियन स्टडिजका प्राध्यापक टिमोथी गार्टन अशले भने, ‘७ करोडभन्दा बढी अमेरिकी मतदाताले ट्रम्पलाई भोट दिएका छन् । हामीले यो तथ्यलाई बिर्सन हुदैन ।’
कारोना भाइरसका कारण विश्वमा बेरोजगार र असुरक्षा बढ्ने नै छ । त्यस्तै, सार्वजनिक ऋण र जातीय द्वन्द्व पनि । यस्तो स्थितिलाई 'पपुलिष्ट' नेताहरुले आफ्नो फाइदाका लागि प्रयोग गर्ने नै भए । तर बिर्सन नहुने तथ्य के हो भने कोरोना भाइरसका कारण उत्पन्न स्थितिलाई नियन्त्रणमा राख्न नसक्ने पनि यी नेताहरु नै हुन् ।
ट्रम्प निर्वाचनमा पराजित भएको खबर फैलिना साथ अमेरिकाका मित्रहरुले बाइडेनलाई बधाई दिने तथा परिवर्तित अवस्थाका लागि आफूलाई तयार पार्नतिर लागिहाले । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बाइडनलाई मगंलबार टेलिफोन गर्दै बधाई दिए । कुराकानीका क्रममा, उनले बेलायत अमेरिकासँग जलवायु परिवर्तन, लोकतन्त्रको विश्वव्यापी सुदृढीकरण र कोरोनापछिको विश्व अर्थतन्त्रलाई पुनःजागृत गर्नेलगायतका विषयमा मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । कोरोनाले बिगारेको अर्थतन्त्रलाई सपार्ने विषयमा त बाइडन र जोनसनले बारम्बार आ-आफ्नो मुलुकमा बोल्दै आएकै छन् ।
बेलायतको युरोपियन युनियन छाड्ने निर्णय र ट्रम्प ह्वाईट हाउसमा भित्रिएसँगै, 'पपुलिजम'माथिको बहस चुलिएको थियो । त्यसबखत, विश्लेषकहरुले जर्मनी र अन्य युरोपियन मुलुकहरुमा पहिलाबाटै 'पपुलिजम'को जरा बाँकी नै थिए भनेर औंल्याए । अनि अमेरिका र बेलायतमा देखिएको 'पपुलिजम' र जर्मनी लगायतका अन्य युरोपियन मुलुकमा देखिएको 'पपुलिजम'मा भिन्नता रहेको भनेर पनि भनियो ।
अमेरिकामा ट्रम्प निर्वाचित हुनुलाई युरोपमा 'पपुलिजम' बढेको वा घटेकोसँग तुलना गर्ने अवस्था सधै रहेको पाइएको छैन । अमेरिकामा ट्रम्पको लोकप्रियता बढिरहेको बेला फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी नेता मरिन ले पेन प्रतिद्वन्द्वी इम्मानुएल माक्रोनसँग भारी मतले पराजित भइन् । कोरोना भाइरसपछिको फ्रान्समा माक्रोनको लोकप्रियतामा ह्रास आइरहेका हुँदा सन् २०२२ मा हुने निर्वाचनमा पेन बलियो उम्मेदवार हुने अनुमान गरिएको छ ।
कुनै समय, ट्रम्पका पूर्व रणनीतिकार स्टिभ बानोन पपुलिजममा विश्वास गर्ने इटालियन नेताहरुलाई तालिम दिने सपना बुन्थे । कालान्तरमा इटालीका दक्षिणपन्थीहरुले आप्रवासीहरुको आगमनलाई रोक्नुपर्छ भनेर मतदातालाई आकर्षित गरेका थिए । पदुआ विश्वविद्यालयका प्राध्यपक फाब्रिजियो टोनेल्लो, इटालीका पपुलिष्टहरुलाई ट्रम्पको गतिविधिबाट वैधता मिलेको बताउँछन् । तर उनले ट्रम्पले इटालीको अस्थिर राजनीतिमा भने प्रभाव पार्न नसकेको बताए ।
बेलायतको युरोपियन युनियन छाड्ने निर्णय र ट्रम्प ह्वाईट हाउसमा भित्रिएसँगै, 'पपुलिजम'माथिको बहस चुलिएको थियो । त्यसबखत, विश्लेषकहरुले जर्मनी र अन्य युरोपियन मुलुकहरुमा पहिलाबाटै 'पपुलिजम'को जरा बाँकी नै थिए भनेर औंल्याए ।
यता जर्मनीका दक्षिणपन्थी दलमा पनि ट्रम्प अपेक्षा गरेअनुसारको लोकप्रिय नरहेको देखियो । निर्वाचनको नतिजा आउन साथ त्यहाँका प्राय दक्षिणपन्थी दलका नेताहरुले बाइडनलाई बधाई दिए । केहीले मात्र मत गणनामा ट्रम्पलाई जानाजान पछि पारिएको आरोप लगाए । बरु कत्तिले ट्रम्पको पराजयलाई जर्मन दक्षिणपन्थीको पराजय भनेर चित्रित गरे ।
विश्वभर नै धुव्रीकरणको राजनीति गरिरहेका शक्तिहरु ट्रम्पको बर्हिगमनसँगै विक्षिप्त बनेका छन् । अमेरिकी निर्वाचनले विश्व राजनीतिमा दक्षिणपन्थीहरुको दिन सकिदै गएको देखाएको छ । ड्रेस्डेन विश्वविद्यालयका हान्स भोरलान्डेरको भनाई थियो । युरोपका कातिपय विश्लेषकहरु 'पपुलिजम'लाई आयतीत नभई घरेलु राजनीतिक नाराका रुपमा चित्रित गर्छन् । त्यसकारण, युरोपमा 'पपुलिजम'को लोकप्रियातालाई ट्रम्पको उदयसँग दाँज्न नहुने उनीहरुको भनाई छ ।
'ट्रम्पको उदय वा पराजयलाई युरोपका 'पपुलिष्ट' वा दक्षिणपन्थीसँग जोड्नुको कुनै अर्थ छैन । उनी युरोपियन पपुलिष्ट वा दक्षिणपन्थीका लागि असन्दार्भिक छन् । त्यसकारण उनको पराजयले युरोपको यस मामलमा केही फरक पार्ने छैन,' जर्मन क्रिस्टियन डेमोक्रयाटिक पार्टीमा एन्जेला मार्केललाई प्रतिस्थापन गर्ने दौडमा रहेका नोरर्बेट रोटगेनले भने । ट्रम्प ह्वाईट हाउसबाट बाहिरिए पनि उनले उटाएका मुद्दाहरुले अमेरिकाको विदेश नीतिबारे बहस सिर्जना गरिरहने रोटगेन बताउँछन् । अमेरिकाको अध्यागमनसम्बन्धी नीति, चीनसँगको सम्बन्ध र सहयोगी मुलुकहरुलाई गर्ने व्यवहारमा परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा बहसले निरन्तरता पाउने उनको ठम्याई छ ।
ट्रम्प सत्ताबाहिर रहे पनि अन्य मुलुकका सत्तामा रहेका उनका मित्रहरुले उनको राजनीतिक कार्यशैलीलाई पछ्याउने अनुमान गर्न सकिन्छ । ट्रम्पका त्यस्ता मित्रहरुमध्ये ब्राजिलका राष्ट्रपति जाइर बोलसोनारो एक हुन् । सैन्य पृष्ठभूमिबाट आएका बोलसोनारोले ट्रम्पले जस्तै कोरोनाका बारेमा टिप्पणी गरिरहे । उनले पनि ट्रम्पले जस्तै मास्क लगाएनन् न त महामारी नियन्त्रणका लागि लकडाउन गर्नमा नै चासो दिए । उनले पनि मलेरिया रोकथाम लागि बनाइएको औषधि कोरोनाका लागि पनि काम लाग्छ भन्दै प्रचार गरे । आखिरमा त्यो औषधिले कोरोना संक्रमितलाई कुनै सहयोग नगर्ने पुष्टि भयो ।
ब्राजिलमा सन् २०१८ मा भएको निर्वाचनमा बोलसोनारोले राष्ट्रपति बन्न प्रस्ट बहुमत ल्याउन सकेनन् । त्यसकारण पुनःनिर्वाचन हुने भयो । तर बोलसोनारोले मतगणनामा धाँधली भएको आरोप लगाउन भ्याए । भलै उनी राष्ट्रपतिमा निर्वाचित भए । यसै परिपेक्षमा, बाज्रिलका राजनीतिकशास्त्रीहरु ट्रम्पले निर्वाचन नतिजा स्वीकार नगरेर डरलाग्दो नजीर स्थापना गरेको ठान्छन् । यो नजीरको पालना बोलसोनारोले गर्लान् भन्नेमा उनीहरुको चिन्ता छ ।
उता, हङगेरीका राष्ट्रपति ओरबन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कसलाई सर्मथन गर्ने भन्ने विषयमा प्रस्ट देखिएकै हुन् । ‘हामी ट्रम्पले जितुन् भन्ने चाहान्छौं,’ ओरबनले नोभेम्बर ३ मा लेखेका थिए । पछि मतगणना सुरु हुँदै गर्दा पनि ओरबानले ट्रम्प नै विजय हुन भन्ने चाहेको प्रस्ट पारेका थिए । हङगेरियन मूलका अमेरिकी अर्बपति जर्ज सोरोसले बाइडनलाई सर्मथन गरिरहेकाले पनि आफूले ट्रम्पले जितुन् भन्ने चाहेको ओरबनको भनाई थियो । गत मंगलबार ओरबनले बाइडनलाई बधाई त दिए । तर बधाई, ह्वाइटहाउस प्रवेशका लागि नभई, राष्ट्रपतीय निर्वाचन अभियानलाई सफलतापूर्वक सम्पन्न गरेकोमा ।
ट्रम्पको बर्हिगमन पूर्वी युरोपका ओरबान लगायतका नेताहरुका लागि भने सुखद समाचार नभएको विश्लेषक आन्द्रस बिरो नेगीको भनाई छ । साथमा उनी महत्वपूर्ण प्रश्न पनि राख्छन्, 'के बाइडन ओरबानजस्ता नेताहरुलाई परिवर्तन गराउन सफल होलान त ?’ ओरबान जस्ता नेताहरुका लागि ट्रम्पको पराजयले सुखद दिनको अन्त्य गरिदिएको छ । पछिल्ला चार वर्षहरुमा उनीहरुको नीतिमाथि प्रश्न गर्ने कोही थिएन । तर अब उनीहरुले प्रश्नहरुको सामना गनुपर्नेछ । ओरबनको उदयलाई नजिकबाट नियालेका नेगी भन्छन् ।
सोरोसले स्थापना गरेको सेन्ट्रल युरोपियन विश्वविद्यालयलाई ओरबनले केही वर्षअघि बन्द गराइदिए । बुडापेस्टस्थित विश्वविद्यालयले आफ्नो धेरैजसो क्रियाकलाप भियना सार्यो । तर ओरबानको विश्वविद्यालय बन्द गराइदिने निर्णयमाथि केही प्रतिक्रिया जनाएन ।
ओरबान जस्ता नेताहरुका लागि ट्रम्पको पराजयले सुखद दिनको अन्त्य गरिदिएको छ । पछिल्ला चार वर्षहरुमा उनीहरुको नीतिमाथि प्रश्न गर्ने कोही थिएन । तर अब उनीहरुले प्रश्नहरुको सामना गनुपर्नेछ ।
ओरबानले अमेरिकी नीति र चासोसँग नमिल्ने धेरै क्रियाकलाप गरे । अब बाइडन आइसकेपछिको अवस्थामा अमेरिकाको हङगेरी वा पोल्याण्डजस्ता मुलुकहरुका लागि कस्तो नीति हुने भन्ने प्रश्न महत्वपूर्ण छ । ‘जे जस्तो नीति आए पनि ओरबानले पहिलाको जस्तो छुट पाउने स्थिति रहँदैन,’ नेगीको भनाई थियो ।
ट्रम्पको पराजयले 'पपुलिष्ट'हरूलाई कति घाटा भयो भन्ने प्रश्न त छँदैछ । तर त्योभन्दा महत्वपूर्ण प्रश्न भनेको ट्रम्प हारेपछि 'पपुलिजम' अभियान मन नपराउनेहरुलाई यसविरुद्धमा लाग्न थप उत्प्रेरणा मिल्छ मिल्दैन भन्ने हो ।
हङगेरीमा लोकतान्त्रिक पद्धतिको लगभग अवसान भइसकेको छ । तर पपुलिष्टहरुको कब्जामा रहेका हंगेरीजस्ता मुलुकहरुमा बहुदलीय व्यवस्था र लोकतन्त्रको सुदृढीकरणका लागि ट्रम्पको बर्हिगमनले टेवा पुर्याउने नै छ । तर फेरि पनि ट्रम्प पराजयको मुख्य उपलब्धि भनेको एउटा 'पपुलिष्ट'को पराजय नै हो । यसले के देखाउँछ भने, जतिसुकै बलियो भएता पनि 'पपुलिष्ट'लाई निर्वाचनबाट पाखा लगाउन सकिन्छ ।
(न्युयोर्क टाइम्सबाट)

मार्शल ल लगाउने दक्षिण कोरियाली राष्ट्रपति युन सुक पदमुक्त
किन गर्यो हंगेरीले आईसीसीबाट बाहिरिने घोषणा ?

बिन लादेनलाई समुन्द्रमा फाल्ने अमेरिकन जहाज इरान युद्धमा खटाइने

राष्ट्रसंघीय अधिकारी भन्छन्- गाजा ‘मृत्युको जाल’ बन्यो

एआईले विश्वव्यापी ४० प्रतिशत रोजगारीमा असर पार्न सक्छ : राष्ट्रसंघ

इजरायली हवाई आक्रमण : उत्तरमा कम्तीमा १५ जनाको मृत्यु

करका कारण बजार खस्कँदै जाँदा अमेरिका बलियो हुन्छ : ट्रम्प

प्रतिक्रिया