माधव नेपालको पार्टीले थ्रेसहाेल्ड कटाउने संकेतपछि केपी ओलीलाई छटपटी

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी)को समानुपातिकतर्फ थ्रेसहाेल्ड कट्न सक्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छटपटी भएकाे छ ।
समानुपातिकतर्फ केही पार्टीको मतको वृद्धि अस्वाभाविक देखिएको भन्दै ओलीले आशंका समेत व्यक्त गरेका छन् । साे बारे केन्द्रित हुँदै सामाजिक सञ्जालमार्फत उनले सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा अस्वाभाविक नतिजा देखिन थालेकाे भन्दै आशंका व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ । जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस् ।’
मतगणनामा प्रतिनिधि रहेका आफ्ना कार्यकर्तालाई मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको म्यासेज बक्समा पठाउन अनुरोध गरेका छन् ।

गर्भनर प्रकरणमा सुदन किराती बोलेः सिंहदरबारको कुशासनले गणतन्त्रमाथि खतरा बढ्यो

हुम्लाको चंखेली गाउँपालिकामा भारतीय दुतावासको सहायतामा पाँच शैय्याको अस्पता…

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

भैरहवा पुग्यो दीपक बोहराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री

राप्रपा नेता दिपक बोहराकाे निधन

प्रतिक्रिया