हसियाँ हथाैडा चिन्हबाट चुनाव उठेर मधेश प्रदेशमा रायले जाेगाए माओवादीकाे साख

जनकपुरधाम ।मंसिर ४ मा सम्पन्न आम निर्वाचन २०७९ बाट प्रतिनिधिसभा संसदीयतर्फ मधेस प्रदेशमा हसियाँ हथाैडा चुनाव चिन्ह लिएर चुनावी स्पर्धामा रहेका नेपाल समाजवादी पार्टीका उम्मेदवारले माओवादीकाे साख जाेगाएका छन् । बाबुराम भट्टराई नेतृत्वकाे समाजवादी पार्टीका महेन्द्र राय यादव मात्रैले मधेशमा जितेका छन् ।
माओवादी केन्द्रकै सदस्य रहेका कुनै पनि उम्मेदवारले याे प्रदेशमा वियज हासिल गर्न सकेनन् । प्रदेशका ३२ क्षेत्रमा सत्ता गठबन्धनको भागबण्डाबाट चुनावमा माओवादीले ७ सिट मध्ये ६ सिटमा आफ्ना उम्मेद्वार राखेका थिए । एक सिट सर्लाहीकाे क्षेत्र नं. २ मा समाजवादी पार्टीलाई सापटी दिएका थिए । त्यही क्षेत्रमा यादवले जितेका हुन् । माओवादीले धनुषा १, महाेत्तरी १, सिरहा ३, सर्लाही २ र ३, राैतहट ३, बारा २ सहित ७ वटा सिट गठबन्धनबाट पाएका थिए । जसमा सर्लाही २ नेसपालाई दिएकाे थियाे भने राैतहट ३ मा एमालेका बागी स्वतन्त्र उम्मेद्वार प्रभु साहलाई समर्थन गरेकाे थियाे ।
साहलाई समर्थन गर्न रौतहट ३ मा रवीन्द्र पटेलले असहमति जनाउँदा माओवादीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्यो । परिणाम एमालेका बागी साह माओवादीसहितका गठबन्धनको समर्थनमा विजयी भए । तर आफ्नै उम्मेद्वार पटेल ८ हजार ४५८ मत ल्याई नराम्राे तरिकाले हारेर तेश्राे स्थान पाए । मधेसमा विगतदेखि नै कमजोर माओवादीलाई गठबन्धनको बलमा जित्नसक्ने क्षेत्रमा उम्मेदवार उठाए पनि इज्जत जाेगाउन सकेन ।
माओवादीका प्रभावशाली मानिने नेताहरू मातृकाप्रसाद यादव धनुषा १, विश्वनाथ साह सिरहा ३, गिरिराजमणि पोखरेल महोत्तरी १ र शिवचन्द्रप्रसाद कुशवाहा बारा २ मा पराजित भएका छन् । पोखरेल जनमोर्चा हुँदै माओवादीमा आएका नेता हुन् । ०६४ देखि निरन्तर ०७४ सम्म जितेका पोखरेलको यसपटक एमालेका लक्ष्मी महतोसँग जित्न सकेन । मातृका जसपाका दिपक कार्कीसँग पराजित भएका भने विश्वनाथ एमालेका लीलानाथ श्रेष्ठसँग पराजित भएका छन् ।
प्रदेशसभातर्फ पनि माओवादीका अधिकांश नेता पराजित भएका छन् । प्रदेशसभा सदस्यका लागि १५ क्षेत्रमा उम्मेदवार खडा गरेका माओवादीले ४ सिटमात्र जित्न सकेका छन् । माओवादीले प्रदेशमा महोत्तरी १ (२), सर्लाही ४ (२), रौतहट ४ (१), पर्सा १ (१) सहितका ४ सिट मात्र जितेका छन् भने सप्तरी १ (१), सप्तरी २ (२), सिरहा २ (१), सिरहा ४ (१), धनुषा २ (२), महोत्तरी ४ (२), सर्लाही २ (१), बारा ३ (१), बारा ४ (१), पर्सा ३ (१), पर्सा ४ (२) मा चुनाव हारेका छन् ।

परेन पानी, भएन रोपाइँ

मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छः कांग्रेस सभापति यादब

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

बारामा ४३ लाख राजश्व छलीको सामानसहित ट्रक बरामद

लागू औषधसहित स्याङजाका मगर गौरमा पक्राउ

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

प्रतिक्रिया