राष्ट्रिय पार्टीको मान्यता पाउने दललाई के फाइदा हुन्छ ?

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा सहभागी ४८ दलमध्ये कति दल राष्ट्रिय पार्टी बन्लान् भन्ने विषयप्रति अहिले धेरैको चासो छ । योसँगै एउटा अर्को चासो पनि थुप्रैको छ– राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दललाई के फाइदा हुन्छ ?
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार राष्ट्रिय दल बन्न कम्तीमा प्रत्यक्षतर्फ एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत मत पाउनुपर्ने प्रावधान छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो आँकडा हेर्दा ४८ मध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी पाँच वटा दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिन्छ ।
यस्तै, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरू राष्ट्रिय पार्टी बन्ने दौडमा छन् । तर, उनीहरूले पाएको मत दरलाई हेर्दा यी दलहरूले राष्ट्रिय दलको मान्यता पाउने या नपाउने भन्ने चाहिँ अन्योल नै छ ।
राष्ट्रिय पार्टीको सूचीमा सूचीकृत भइसकेका र हुन रस्साकस्सी गरिरहेका दललाई आखिरमा के फाइदा हुन्छ ?
पहिलो त, राष्ट्रिय मान्यता प्राप्त पार्टी भएसँगै समानुपातिक सांसद मिल्नेछ । राष्ट्रिय मान्यता प्राप्त पार्टी बन्न नसकेको खण्डमा समानुपातिक मतबाट सांसद चयन हुन सक्दैनन् । राष्ट्रिय मान्यता प्राप्त नगरेमा तिनको मतको लाभ पनि ठूला दलले नै पाउनेछन् । २०७४ को चुनावमा राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेका दलले पाएको १०.४४ प्रतिशत समानुपातिक मतको लाभ राष्ट्रिय मान्यता प्राप्त पार्टीले पाएका थिए ।
राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्ने दलले पाउने अर्काे लाभ हो, उनीहरूले संसद्मा संसदीय दलको कार्यालय र गाडीसहितको सुविधा पाउनु । ती दलले सांसदकाे संख्याअनुसार खर्च र सुविधा पाउँछन् । यसबाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका साना दलका दुईभन्दा बढी सांसद छन् भने कोठा उपलब्ध गराउँदै आएको छ ।
त्यस अतिरिक्त संसद्मा स्वतन्त्र सांसदभन्दा राष्ट्रिय पार्टीका सांसदले बढी राजनीतिक महत्व पाउँछन् । अर्काे त, राष्ट्रिय पार्टीले हरेक चुनावमा आफ्नो चुनाव चिह्न कायम राख्न पाउँछन् । राष्ट्रिय पार्टीको मान्यता नपाउने दलले अर्को चुनावमा आफूले पहिला प्रयोग गरेको चुनाव चिह्न नपाउन पनि सक्छन् । यद्यपि आयोगले उनीहरूले प्रयोग गरेको चिह्न उनीहरूलाई नै दिँदै आएको छ ।
राष्ट्रिय पार्टीले संसद्मा संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकको पद पाउँछन् । उनीहरूले आकर्षक सुविधा पनि प्राप्त गर्छन् । प्रमुख सचेतक वा सचेतकले राज्यमन्त्री सरहको सुविधा पाउने गर्छन् ।
कूल १ करोड ७९ लाख ८८ हजार ५७० मतदातामध्ये यसपालिको निर्वाचनमा १ करोड ९ लाख ७० हजार बढी मत खसेको छ । जसमा ८९ लाख १ हजार ९९९ मत गनिएको छ । हालसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथौँ, र पाँचौँ स्थानमा छन् ।

गर्भनर प्रकरणमा सुदन किराती बोलेः सिंहदरबारको कुशासनले गणतन्त्रमाथि खतरा बढ्यो

हुम्लाको चंखेली गाउँपालिकामा भारतीय दुतावासको सहायतामा पाँच शैय्याको अस्पता…

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

भैरहवा पुग्यो दीपक बोहराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री

राप्रपा नेता दिपक बोहराकाे निधन

प्रतिक्रिया