समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकियो

काठमाडौं- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ देशभर ८० प्रतिशत मतगणना सकिएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनको हाल ८० प्रतिशत मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।
यद्यपि उक्त मतपरिणाम आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको तथ्यांक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको आयोगले जनाएको छ ।
यसपटकको आमनिर्वाचनमा एक करोड ७९ लाख ८ हजार ८५० मध्ये झण्डै ६१ प्रतिशत मत खसेको थियो । कूल खसेको मतको ८० प्रतिशत मतगणना गरिसक्दा अब समानुपातिक प्रणालीतर्फ झण्डै २४ लाख मत गणना गर्न बाँकी रहेको आयोगले उल्लेख गरेको छ ।

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

प्रतिक्रिया