पुनः मतगणना गर्न माग गर्दै उम्मेदवार कार्कीद्वारा निवेदन

इनरुवा- सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गरेका छन् ।
शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा कुनै सहमति जुट्न नसकेपछि पुनः मत गणनाको माग गर्दै कार्कीले आज निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
सुनसरी–४ मा मतगणनाका क्रममा गणनामा बसेका निर्वाचन आयोगका कर्मचारीले नेकपा (एमाले) उम्मेदवार जगदीशप्रसाद कुसियैतको मतमा छ सय छ मत बढी थपिएपछि विवाद भएको थियो । निर्वाचन अधिकृतले आयोगमा पठाएको छ सय छ मत सार्वजनिक गर्दा एक हजार दुई सय १२ मत भएपछि कांग्रेसले आपत्ति जनाएको थियो ।
यसरी थप देखिएको छ सय छ मतमा आफूले गल्ती गरेको भन्दै आयोगले त्यो मत हटाउने र गणना सुरु गर्ने प्रस्ताव गरेको थियो । कांग्रेसका कार्कीले त्यो प्रस्ताव अस्वीकार गर्दै सुरुदेखि नै मतगणना गर्नुपर्ने माग गरेका हुन् । मतगणना रोकिँदासम्म कार्कीले २३ हजार चार सय ३९ र एमालेका कुसियैतले २३ हजार तीन सय ४१ मत पाएका छन् ।

गर्भनर प्रकरणमा सुदन किराती बोलेः सिंहदरबारको कुशासनले गणतन्त्रमाथि खतरा बढ्यो

हुम्लाको चंखेली गाउँपालिकामा भारतीय दुतावासको सहायतामा पाँच शैय्याको अस्पता…

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

भैरहवा पुग्यो दीपक बोहराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री

राप्रपा नेता दिपक बोहराकाे निधन

प्रतिक्रिया