दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

काठमाडौं– दोलखाका १० मतदानस्थलमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय दोलखालाई १५ गतेभित्र निर्वाचन गराउन निर्देशन दिएको छ ।
मतदान केन्द्र अनधिकृत कब्जा गरिएको, हुलहुज्जत गरेर स्वतन्त्र र निष्पक्ष मतदान हुन नदिएको जाँचबुझ टोलीको निष्कर्षपछि आयोगले यस्ताे निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता शालिकराम शर्माकाअनुसार पुन मतदानको मिति भने जिल्लालाई नै तोक्ने अधिकार दिएर निर्वाचन गराउन निर्देशन दिएको हो । 'त्यहाँ निष्पक्ष मतदान हुन नदिएको जाँचबुझ टोलीको निष्कर्ष भएपछि यस्ताे निर्देशन दिइएकाे हाे ।' उनले इकागजसँग भने ।
निर्वाचन आयोगले गठन गरेको जाँचबुझ टोलीले आज प्रतिवेदन बुझाउँदै दोलखाका केन्द्रमा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको र पुनः मतदान गर्न सिफारिस गरेको थियो ।
४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोशी, शैलुङ र मेलुङका आठ मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई रिपोर्ट पठाएको थियो । सोही कारण थप वस्तुस्थिति बुझ्न आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ टोली छानबिनका लागि खटाएको थियो टोलीले सात केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको पाइएको जनाएको छ । टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई प्रतिवेदन बुझाएको थियो । सोही अनुसार १० केन्द्रम पुन मतदान हुने भएको आयोगले जनाएको छ ।

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

प्रतिक्रिया