उदयपुरमा ९ दलले गरे पुन: मतदानको माग

उदयपुर- उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणना भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि धाँधली भएको भन्दै नेकपा एमालेलगायत ९ दलले पुन: मतदान गर्न माग गरेको छ ।
नेकपा एमालेलगायतका दलले पुन मतदानको माग राखेको हो । प्रदेशको प्रत्यक्ष तर्फको १ सय मतपत्र प्रतिनिधि सभा तर्फको मत गणनामा फेला पारेपछि धाँधली भएको भन्दै एमाले लगायत ९ दलले पुन: मतदानको माग गरेको हो । असन्तुष्टि पक्ष लगायतको बैठक बसी नागरिकहरूको निष्पक्ष मतदान गर्ने अधिकार हनन भएको भन्दै पुन: मतदानको माग राखेको जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) र १ (२) मा खसेको मत भन्दा बढी मत भेटिएको भन्दै निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्रमा छाप लगाएको एकमुष्ठ १ सय मतपत्र मतगणना गर्दा फेला परेको हुँदा धाँधली भएको आरोप लगाएका छन । एमाले नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका ईश्वरमणी राउतले मतदानको क्रममा जुन ठाउँमा धाँधली भएको हो त्यस ठाउँमा निष्पक्ष मतदान हुनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र १(१) र १(२) को सबै प्रक्रिया रद्द गरी पुन मतदानको प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखेका छन् । यता गठबन्धनले भने फेला परेको मतपत्र रद्द गरी सोही स्थगित मत गणना जारी राख्नु पर्नेमा जोड दिएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणना भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि विवाद हुँदा मत गणना स्थगित भएको थियो । साता दिनदेखि जारी मतगणना प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि विवाद भएको हो ।
आइतबार खोलिएका १० वटा प्रतिनिधि सभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेश सभाको भेटिएको थियो । गणना स्थगित पछि पटक पटक सर्वदलीय बैठक मार्फत समाधान खोज्ने प्रयास भएता पनि निष्कर्ष निस्किएको छैनन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया