एमालेकी शोभालाई पराजित गर्दै समाजवादीकी खिनु विजयी

विराटनगर- इलामको प्रदेशसभा क्षेत्र नम्बर १ (१) मा दुई महिला प्रतिष्पर्धीबीच भएको चुनावी भिडन्तमा खिनु लङ्वा लिम्बु विजयी भएकी छिन् । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा प्रदेश सरकारको पर्यटन तथा संस्कृतिमन्त्री लिम्बुले नेकपा एमालेकी शोभा पराजुलीलाई फराकिलो मनान्तरले पराजित गरेकी हुन् ।
गएराति सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार निर्वाचित भएकी खिनुले १३ हजार ३७१ मत प्राप्त गरेकी छन् । पराजित भएकी शोभाले ११ हजार ३९५ मत ल्याएकी हुन् । पराजित पराजुली ०७४ को स्थानीय तह निर्वाचनमा इलामकै सन्दकपुर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
प्रदेशसभा सदस्यमा टिकट पाएकी उनले अर्की प्रतिष्पर्धी खिनुसँग पराजित भएकी हुन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया