लुम्बिनी प्रदेशमा वाम लोकतान्त्रिक गठबन्धनलाई बहुमत !

काठमाडौँ - लुम्बिनी प्रदेशमा वाम लोकतान्त्रिक गठबन्धनले बहुमत प्राप्त गर्ने देखिएको छ । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १८ सिट जित्दा सत्ता गठबन्धनले २२ सिट जितेको छ । लुम्बिनीमा तीन जना स्वतन्त्र सांसदले जितेका छन् भने नागरिक उन्मुक्ति पार्टी र राप्रपाले समान दुई/दुई सिट जितेका छन् ।
समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार ३ सय ९४ मत रहेको छ भने एमालेको मत ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ । लुम्बिनी प्रदेशमा सत्तारूढ गठबन्धनले बनाएको चुनावी रणनीति केही असफल भए पनि प्रदेश सरकार भने गठबन्धनकै बन्ने देखिएको हो ।
कांग्रेस र माओवादीले एकलरूपमा लड्दा पनि जित्ने सम्भावना भएका क्षेत्रहरूमा यति ठूलो गठबन्धन हुँदा पनि प्रभावशाली नेताहरूले जित निकाल्न सकेनन् ।
प्रतिनिधि सभामा २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा नेपाली कांग्रेसले भागबण्डामा १४ क्षेत्र पाएकोमा ६ क्षेत्र मात्रै जितेको छ । नेपाली कांग्रेसले बलियो आधार मानेका र यसअघि पटकपटक चुनाव जितेका नवलपरासी २ का देवेन्द्रराज कँडेल, रुपन्देही ५ का भरत शाह, अर्घाखाँचीमा पुष्पा भुसाल, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह र रुपन्देही ३ मा बालकृष्ण खाणले फराकिलो मतान्तरले पराजय भोग्नुपर्यो।
गठबन्धनमा ७ क्षेत्र पाएको नेकपा (माओवादी केन्द्र) ले ३ क्षेत्र मात्रै जितेको छ । यसअघि ७ क्षेत्रमा जितेको उसलाई ती क्षेत्र जोगाउन गठबन्धनको बलले समेत साथ दिएन । कपिलवस्तु १ मा माओवादी सचिव चक्रपाणि खनाल, बाँके १ मा संघीय मन्त्री महेश्वरजंग गहतराज, बर्दिया २ मा सुरेस पन्त यसअघि सो पार्टीले जितेका क्षेत्रमा पराजित भएका छन् भने माओवादी कोटामै टिकट पाएका नेता घनश्याम भुसाल रुपन्देही १ मा फराकिलो मतान्तरले पराजित भए । माओवादीका लागि एमाले महासचिव शंकर पोखरेल हराउनु नै लुम्बिनीको ठूलो उपलब्धी बनेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले भागबण्डमा पाएको ४ सिटमध्ये १ मा उम्मेदारी खारेज भएर गुमेको छ भने ३ मध्ये १ सिटमा मात्रै विजयी भएको छ ।
पाल्पामा सोमप्रसाद पाण्डे, गुल्मीमा रामकुमारी झाँक्री बलियो गठबन्धन भएर पनि जित्न सकेनन् । तर दाङमा मेटमणि चौधरी गठबन्धनको बलमा विजयी भए । गठबन्धनमा भएको जनमोर्चाले संघ र प्रदेशमा पाएको एक-एक सिट गुमाएर रित्तै भएको छ । प्युठानमा दुर्गा पौडेललाई संघ तथा अर्घाखाँचीमा सागर केसीलाई प्रदेशमा भागबण्डामा उम्मेदवार बनाएपनि जित्न सकेनन् ।
अहिलेसम्म सार्वजनिक भएका मतपरिणाममा सबै प्रदेशमा प्रत्यक्षतर्फ एमालेभन्दा सत्ता गठबन्धनले धेरै सिट जितेको छ भने समानुपातिकमा पनि सत्ता गठबन्धनका दलहरूले पाएको मत एमालेको भन्दा बढी छ ।
प्रदेशको समानुपातिकमा सांसद पाउन कुल सदर मतको १.५ प्रतिशत थ्रेस होल्ड कटाउनु पर्छ । सबै प्रदेशमा अहिलेसम्म सत्ता गठबन्धनका तीन वटा दलले थ्रेस होल्ड पार गरिसकेका छन् । न्युज एजेन्सी नेपाल

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया