मलाई हराउन मतदान प्रक्रियादेखि नै अनियमितता गरे : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रूपमा अनियमितता गरेको आरोप लगाएका छन् ।
उनले इलाम २ को मतदान प्रक्रिया सुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मत पेटिकामा मत हाल्नु पर्नेमा अर्कै मत पेटिकामा मत हालेको, मतपेटिकामा खसेको मत समेत गणना गर्दा नभेटिएको, मतपत्र नै गायब भएको, कतिपय ठाउँमा खसेको मतभन्दा सयौं मत बढी फेला परेको बताए । यी तथ्यले मतदानको प्रक्रियामा नै अनियमितता भएको पुष्टि गर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘ती मतपत्र कसरी गायब भए ? ती खसेको भन्दा बाकसमा बढी मतपत्र कसरी भए ? निर्वाचन आयोगले जवाफ दिनु पर्छ ।’
यहाँको मत परिणाम र निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई आफूले स्वीकार नगर्न उनले बताएका छन् । यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने उनले बताए । उनले भने, ‘यी सबै विषयका बाबजुद इलामेली जनताले यसपटकको निर्वाचनमा उत्साहपूर्वक भाग लिनु भएको छ, गठबन्धनका उम्मेदवारलाई समर्थन गर्नुभएको छ र मलाई २३ हजार ८९ मत प्रदान गर्नुभएको छ । मतदान गर्ने सम्पूर्ण मतदाता, आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूलाई म हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।’

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया