झडपमा घाइते महानगर प्रहरीको नर्भिकमा उपचार

काठमाडौं - काठमाडौं महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरूको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ ।
थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामूडा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामूढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरूको नर्भिकमा उपचार भएको हो ।
झडपमा घाइते भएका नगर प्रहरीहरूलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरूले उपचार गरेका थिए । सो क्रममा काठमाडौं महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको अस्पतालले जनाएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।
अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरूको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ । झडपमा घाइते अन्यको समेत नर्भिकमा उपचार भएको थियो ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया