फिफा विश्वकपः पोर्चुगल अन्तिम १६ मा

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत पोर्चुगल एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह 'एच' मा रहेको पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रो खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्यो ।
पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज दुबै गोल गरे । ब्रुनोले खेलको ५४ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
ब्रुनोले दोस्रो गोल दोस्रो हाफको इन्जुरी समयमा गरे । उनले दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए । उरुग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र बललाई हातले छोएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।
यसअघि पहिलो खेलमा पोर्चुगलले घानालाई ३-२ ले पराजित गरेको थियो । उरुग्वेले भने पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरी खेलेको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया