मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

डा. शेखर कोइरालाको उद्घोष: धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिनँ

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन्। विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक र राष्ट्रका धरोहर भएको बताए।

राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्वर्द्धन गर्नु राज्यको दायित्व भएको पनि उनको भनाइ छ । कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउँनु पर्नेमा जोड दिए।

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरू अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीलगायतको सहभागिता रहेको थियो।