‘उँचाई’ हेर्नेलाई सगरमाथाको आधार शिविर जाने अवसर

काठमाडौँ - भोलिबाट तेश्रो सातामा प्रवेश गर्न लागेको बलिउड फिल्म ‘उँचाई’ले नेपालमा पनि सुखद व्यापार गरिरहेको छ । दोश्रो सातासम्म आइपुग्दा पनि फिल्मलाई लिएर दर्शकको उत्साह बलियो छ ।यो फिल्म हेरेका अधिकांश नेपाली दर्शकले यसको कथावस्तु र नेपालको सुन्दर दृश्यलाई मन पराएका छन् । हरेक नेपालीले एकपटक यो फिल्म हेर्नैपर्ने प्रतिक्रिया फिल्म हेरेका दर्शकको छ ।
यसैबीच, यो फिल्मलाई नेपाल भित्राएको वितरक कम्पनीले यो साता फिल्म हेर्दा सगरमाथाको आधार शिविरसम्म आफ्नो साथीसँग घुम्न जाने नयाँ मौका दिने भएको छ ।यस्तै, फिल्म हेर्दा कलाकारहरु अमिताभ बच्चन, बोमन हिरानी र अनुपम खेरलाई भेट्न पाउने अवसर समेत वितरक कम्पनीले दिने भएको छ ।यो फिल्म हेरेको टिकट र हेरिएको हलको नाम समेत वितरक कम्पनीलाई मेल गर्नुपर्नेछ । यो साता फिल्म हेर्ने दर्शकमध्ये एक जनाले यो अवसर पाउनेछन् ।
सुरज बड्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा, डेनी लगायतका कलाकारको अभिनय छ । आफ्नो साथीको सपना पुरा गर्न सगरमाथाको आधार शिविरसम्म यात्रा गर्ने ३ पाका पुरुषहरुको कथामा यो फिल्म बनेको छ । दोश्रो हाफमा नेपाललाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको फिल्मले सगरमाथालाई भगवानको रुपमा चित्रित गरेको छ । यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा उच्च भूमिका खेलेको भन्दै पर्यटन बोर्डले यसको टिमलाई सम्मान गर्ने तयारी समेत गरेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया