यी हुन् यसपटक संसद् छिर्ने ठेकेदार सांसद

काठमाडौँ- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट डाक्टरदेखि ठेकेदारसम्म निर्वाचित भएका छन् । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रबाट थुप्रैजना उद्योगी व्यवसायीले प्रत्यक्षमै चुनाव जितेका हुन् ।
पछिल्लो समय निर्वाचन प्रणाली महंगो भएको आवाज उठिरहेका बेला धेरै रकम खर्चेर थुप्रै उद्योगी व्यवसायीले चुनाव जितेका छन् । राज्यको नीति निर्माण तहमा रहेर काम गर्ने पदमा व्यवसायीको वर्चस्व हुँदा स्वार्थ बाझिने खतरा बढी हुने गर्दछ ।
आफ्नो स्वार्थ बाझिने क्षेत्रमा उनीहरूको निश्चित रूपमा पनि दबाब र प्रभाव रहन्छ नै । यसपटकको निर्वाचनमा विभिन्न दलबाट टिकट पाएका ६ जना निर्माण व्यवसायीले चुनाव जितेका छन् । ठेकेदार सांसदमध्ये एक हुन्, नेपाली कांग्रेसका विष्णुकुमार कार्की । उनले नवलपरासी बर्दघाट सुस्ता पूर्व-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । क्रसर व्यवसायी रहेका कार्कीले नेकपा एमालेका तिलक महतलाई पराजित गरेका थिए ।
अर्का ठेकदार सांसद हुन् धनबहादुर बुढा । उनी डोल्पामा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् । हिमाली निर्माण सेवाका सञ्चालक रहेका सांसद बुढाले एमालेका गणेशबहादुर शाहीलाई पराजित गरेका छन् ।
रामेछापबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी बनेका कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) पनि निर्माण व्यवसायी हुन् । उनले सञ्चालन गरिरहेको कान्छाराम कन्स्ट्रक्सन नेपालको ‘क’ वर्गको ठेकेदार कम्पनी हो । कान्छारामले एमालेका कैलाशप्रसाद ढुंगेललाई हराएका थिए ।
रसुवाबाट प्रतिनिधिसभा सदस्य पदमा कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनी निर्माण व्यवसायी हुन् । आचार्य दोस्रोपटक निर्वाचित भएका हुन् । उनले एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई हराएका थिए । सांसद आचार्यले रसुवा कन्स्ट्रक्सन नामको निर्माण कम्पनी चलाइरहेका छन् । जुन नेपालको ‘क’ वर्गमा पर्ने निर्माण कम्पनी हो ।
दाङ ३ बाट निर्वाचित कांग्रेसका दीपक गिरी क्रसर व्यवसायमा संलग्न छन् । गिरीकी श्रीमती सञ्चालक रहेको ओम नमः शिवाय र स्वर्गद्वारी क्रसरमा उनी साझेदारका रूपमा संलग्न छन् । उनले एमालेकी उम्मेदवार कोमल वलीलाई हराएका थिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे निर्माण व्यवसायी हुन् । उनको कालिका कन्स्ट्रक्सन पनि नेपालको ‘क’ वर्गको ठेकदार कम्पनी हो । पाण्डे चितवन ३ बाट निर्वाचित भएका हुन् । पाण्डेले पछिल्लो समयमा यात्री मोटरसाइकलदेखि विभिन्न इनोभेसन र स्टार्टअप बिजनेसमा पनि लगानी थालेका छन् ।

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

प्रतिक्रिया