तेस्रो पटक संसद् प्रवेश गर्दै रघुवीर महासेठ

काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गरेका छन् ।
निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरे ।
महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित भएका थिए । उनी संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए । उनी २०७४ सालमा संघीय संसद् प्रतिनिधिसभा सदस्यमा धनुषा-४ बाट विजयी भएका थिए ।
जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र स्व.मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मिएका महासेठ हाल नख्खु, ललितपुरमा बस्छन् । उनको पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी छन् । उनले बि.ई (सिभिल इन्जिनियरिङ) अध्ययन गरेका छन् ।
एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा २०२८/०२९ सालबाट औपचारिक रूपमा महासेठ राजनीतिमा प्रवेश गरेका थिए ।
उनी २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित भएका थिए । वि.सं २०३३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गरेका थिए भने र २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गरेका थिए । विसं २०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य भएका थिए ।
महासेठले २०६८ सालमा जलस्रोत तथा सिँचाइ मन्त्री र २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा काम गरेका थिए ।
उनले २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गरेका थिए । उनकाे विशेष रुचिको क्षेत्र विकास, खेलकुद हो ।
राजनीतिक घटनाक्रमका क्रममा २०२८/०२९ को संघर्षको क्रममा २७ दिन थुनामा बसेका थिए । राजनीतिक आन्दोलनको क्रममा पटक/पटक गरी १३ महिना थुना र जेल जीवन बिताइसकेका छन् ।

गर्भनर प्रकरणमा सुदन किराती बोलेः सिंहदरबारको कुशासनले गणतन्त्रमाथि खतरा बढ्यो

हुम्लाको चंखेली गाउँपालिकामा भारतीय दुतावासको सहायतामा पाँच शैय्याको अस्पता…

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

भैरहवा पुग्यो दीपक बोहराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री

राप्रपा नेता दिपक बोहराकाे निधन

प्रतिक्रिया