टिकट पाएकामध्ये बागमती प्रदेश सरकारका एक मन्त्री पराजित

हेटौंडा - बागमती प्रदेश सरकारका मन्त्रीमध्येबाट प्रदेशसभा निर्वाचनमा टिकट पाएकामध्येमा एक मन्त्री पराजित भएका छन् । प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल पराजित भएका हुन् । प्रदेश मन्त्रीमध्येबाट टिकट पाएर पराजित हुनेमा दाहाल एक्ला हुन् । चितवन निर्वाचन क्षेत्र नं २ (१) प्रदेशसभा निर्वाचनमा दाहाल पराजित भएका हुन् । सो क्षेत्रबाट नेकपा एमालेका कृष्णप्रसाद सिलवाल विजयी भए । दाहाल सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे भने यसपटक प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पाण्डे धादिङ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भए । प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने आठ मन्त्रीमध्ये काठमाडौँ निर्वाचन क्षेत्र नं १ (१) बाट संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले मात्र टिकट पाएका थिए । श्रेष्ठ सो क्षेत्रबाट निर्वाचित भएक छन् । उनी २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएक थिए ।
टिकट नपाउने कांग्रेसका प्रदेश मन्त्रीमा भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, स्वास्थ्यमन्त्री निमा लामा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ हुन् । प्रदेश सरकारमा कांग्रेसबाट तीन राज्यमन्त्रीले पनि टिकट पाएनन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि टिकट पाएनन् ।
यसैगरी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेल धादिङ निर्वाचन क्षेत्र नं १ (२) बाट निर्वाचित भएका छन् । । यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्तप्रसाद मानन्धर पनि निर्वाचित भए । दुवै जना सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार भई निर्वाचित भएका हुन् । यसैगरी युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल पनि माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । रासस

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया