सुकुम्बासीहरूलाई आफ्नोविरुद्ध प्रयोग नगर्न ओलीलाई बालेनको चेतावनी

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह `बालेन`ले सुकुम्बासीहरूलाई आफ्नो विरुद्ध प्रयोग नगर्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष केपी ओलीले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी बस्तीमा महानगरले तमासा गरेको प्रतिक्रिया दिएपछि शाहले ओलीलाई यस्तो चेतावनी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा ओलीलाई पत्र लेख्दै भनेका छन्, `अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।`
`मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे`, शाहले लेखेका छन् ।
ओलीले सुकुम्बासीहरूलाई गुठी आन्दोलनजस्तो आफ्नो स्वार्थ विपरीत कुराहरूमा प्रयोग गरेको शाहले आरोप लगाए । उनले ओलीलाई नेवा सभ्यता, नदीनालाको कुनै माया नभएको बताए । `माया हुँदो हो त सुनधारा सक्काएर सेतो टावर किन ठड्याउनु भयो`, उनले प्रश्न गरेका छन् ।
मंगलबार महानगरले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो । सो क्रममा सुकुम्बासी र महानगर प्रहरीबीच झडप भएको थियो ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया