शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

सुनसरी-४ मा कुसियैतले २६२३५ मत पाउँदा सञ्चारमन्त्री कार्कीले कति पाए ?

काठमाडौँ- सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदिशप्रसाद कुसियैतबीच टक्‍कर भएको छ । उनीहरूबीच ३२८ मतको अन्तर रहेको छ ।

कार्कीले २६ हजार ५ सय ६३ मत पाएका छन् । त्यस्तै कुसियैतले २६ हजार २ सय ३५ मत पाएका छन् ।

त्यसैगरी राप्रपाका जीवनकुमार श्रेष्ठले २ हजार ८ सय ५२ मत पाएका छन् ।

हाल मत गणना जारी छ ।