बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

कोभिडबाट निको भएका कलाकार मनोज गजुरेलको अपिल : जीवनरक्षालाई पहिलो एजेण्डा बनाऔँ

काठमाडौँ : कलाकार मनोज गजुरेलले कोभिड-१९ को संक्रमणबाट नागरिकको जीवनरक्षा गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै कलाकार गजुरेलले यस्तो अपिल गरेका हुन् । साथै उनले नागरिकको जीवन रक्षालाई पहिलो एजेन्डा बनाउन समेत आग्रह गरेका छन् ।

उनी यसअघि कोभिड-१९ संक्रमित भएका बेला आइसीयुमा भर्ना भएका थिए । झण्डै दुई हप्ता आइसीयुमा उपचारपश्चात उनी निको भएका थिए ।  

उनले फेसबुकमा बुदाँगत रुपमा गरेको अपिल

- पार्टीभन्दा माथी, गुटदेखी पर, जातभन्दा उच्च, सम्प्रदायदेखि भिन्न, क्षेत्रभन्दा वृहत, मेरो, तेरो, आफ्नो, परायाभन्दा अलग समग्र समुदायको जीवनरक्षाको अपिल 
उद्घाटन, सिलन्यास, बहुमत, अल्पमत, सरकार परिवर्तन, सत्ता नियन्त्रण, मेरो, तेरो, आफन्त, पराई, बिरोध, समर्थनका सबै एजेण्डा सबैले थाँती राखौँ । 

- महामारीसँग जुझ्ने सामुहिक एजेण्डामा लागौं । अस्थायी अस्पताल खोलौँ । अत्यावस्यक औषधिको जोहो गरौं । अक्सिजनको ब्यवस्थामा ध्यान दिउँ ।

- आपतकालिन उपचारको तयारी गरौं ।  स्वास्थ्यकर्मीको हौसला बढाउँ । सुरक्षाकर्मीलाई सहयोग गरौं । नागरिकको जीवनरक्षालाई पहिलो एजेण्डा बनाउँ ।  

- हामीले महामारीलाई हल्का रुपमा लिएमा महामारी कडा भएर आउँछ । गम्भीर रुपमा लियौँ भने यसलाई हल्का रुपले हराउन सकिन्छ ।