कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास जारी राख्ने
भोलिलाई तय भएको केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौँ : नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने प्रयास जारी राखने निर्णय गरेको छ । आज बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने प्रयास जारी राख्ने निर्णय गरेको हो ।
‘ओली नेतृत्वको सरकारको विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने विषयमा सकरात्मक हुँदै गएको छ,’ छलफलपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले भने ।
कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीलाई प्रस्ताव नै गरिसकेको छ । कांग्रेस पदाधिकारी बैठकले भोलि बस्ने केन्द्रीय समितिको बैठक स्थगित गरेको छ । ‘भोलि बस्ने भनिएको केन्द्रीय समितिको बैठक चाहिँ नबस्ने भएको छ । कोभिड संक्रमणको त्रासका कारण पनि बैठक सार्ने निर्णय भयो,’ केसीले भने ।

वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गरौः महामन्त्री थापा

सत्ताले हाम्रो कुरा सुनेनः प्रवक्ता झा

‘सङ्घीयतालाई बलियो बनाउन सङ्घीय कानुन निर्माण भइरहेको छ’

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गर…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

अब काठमाडौँमा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : खानेपानीमन्त्री यादव

प्रतिक्रिया