भूपू गोर्खाहरूको मागबारे बेलायतसँग त्रिपक्षीय वार्ता, के-के भयो छलफल ?

लण्डन- भूपू गोर्खाहरूको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचको वार्ता जारी रहेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । दुतावासले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्राविधिक स्तरको बैठक सम्पन्न भएको जनाएको छ ।
बैठकमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारी एवं भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
बैठकमा भूपू गोर्खाहरूको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको दूतावासले जनाएको छ । बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, द्वितीय सचिव रामबाबु नेपाल तथा भूतपूर्व गोर्खाहरूको तर्फबाट जुदबहादुर गुरुङ्ग, टिकेन्द्र दल देवान, उदयबहादुर गुरुङ्ग तथा बेलायतको सरकारको तर्फबाट रक्षा मन्त्रालय एवं अन्तर्गतका विभिन्न पदाधिकारी सहभागी थिए ।
बैठकमा बेलायतस्थित रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को बैठक छिट्टै गरिने सहमति भएको छ।

गैर आवासीय नेपाली संघ दक्षिण सुडानको तेश्रो अधिबेशन सम्पन्न

इटहरीका गिरीको एनआएरन अष्ट्रेलियाको एनएसडब्ल्यु राज्य समन्वय परिषद् सदस्य पदमा उ…

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

प्रतिक्रिया