दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु

काठमाडौँ - दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए ।
निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

पूर्व प्रधानमन्त्री चन्दको चेतावनीः निषेधको राजनीतिले मुलुक अगाडि बढ्दैन

ज्ञानेन्द्र शाहीको एमालेलाई प्रश्नः सडकमा नारा, कुर्सीमा शासन, दोहोरो चरित्र,…

सडकमा तमासा नदेखाउनु, संविधान संशोधन गर्नुः महासचिव फोख्रेल

लामिछानेले पाए पुनः सभापतिको जिम्मेवारीमा

प्रधानमन्त्री ओलीले भनेः अराजक जत्थाका कारण पत्रकार रजकले गुमाए ज्यान

तीनकुनेको भीडमा सिद्धान्त र वाद थिएन : गृहमन्त्री लेखक

‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको काम होइन : मन्त्री गुरुङ

प्रतिक्रिया