‘पासो’ले करिअर उकास्ने रिस्ता र सुनिशाको आश

काठमाडौँ-चुनावका कारण धेरै नेपाली फिल्मले प्रदर्शन मिति हेरफेर गरे । यही शुक्रबार रिलिज हुन लागको फिल्म ‘पासो’ले पनि चुनावको धङधङी छेलेर प्रदर्शनको चाँजो मिलाएको हो । त्यसैले आउँदो हप्ता यसले एकल रिलिजको मौका पाएको छ । तर यो फिल्मले अभिनयमा जम्न संघर्षरत दुई अभिनेत्रीको परीक्षा लिनेछ ।
यो फिल्मको मुख्य भूमिकामा नायिका रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँईको अभिनय छ । दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा भन्छ ।
आर बी पुनको निर्देशनमा तयार भएको तथा भगवान भुजेल निर्माता रहेको फिल्म ‘पासो’ले निर्मातालाई राहत दिने अपेक्षा गरिएको छ । फिल्मको ट्रेलरबाट नै यसको कथावस्तु केही भिन्न रहेको र प्रस्तुतिमा निर्देशकले नयाँपन खोजेको अनुमान गर्न सकिन्छ ।
यो फिल्ममा काम गर्दा आफू १० दिनसम्म एउटा बक्सा भित्र बन्द भएको रिस्ताले बताइन् । फिल्म खिच्दा खिच्दै कैयौं पटक आफूले अब काम गर्न सक्दिनँ समेत भनेको रिस्ता बताउँछन् । कतिपय समयमा त पेन किलर खाएर काम गरेको उनले सुनाइन् ।सुनिशाले भने ५ दिनसम्म हात बाँधेर काम गरेकी थिइन् ।
५ दिनसम्म हात बाँधेर काम गर्दा निक्कै गलेको अनुभव सुनाउँदै सुनिशाले दर्शकले फरक स्वादको फिल्म हेर्न पाउने तर्क गरिन् ।फिल्म ‘पासो’का लागि यी दुई नायिका विगत केही दिनदेखि प्रचारमा व्यस्त छन् । दुवै नायिकाले आफूहरुले गरेको दुःख दर्शकले स्वीकार गर्ने अपेक्षा गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया