वन्यजन्तुको अखेटोपारसहित मकवानपुरका भण्डारी पक्राउ
हेटौंडा : प्रहरीले २ किलो ४ सय ३५ ग्राम गाँजा र वन्यजन्तुको २ वटा अखेटोपार सिङ्गसहित एक जनालाई पक्राउ गरेको छ । शनिबार हटौंडा-९ बस्ने २४ वर्षीय सिद्धार्थ भण्डारीको घरमा खानतलासी गर्र्दा लागुऔषध गाँजा २ किलो ४३५ ग्राम, वन्यजन्तुको अखेटोपार सिङ्ग २ थान र नगद २६ हजार ३५० रुपैयाँ फेला परेको थियो । प्रहरीलाई आएको विशेष सुचनाको आधारमा प्रहरीले उनको घरमा छापा हानेकोे थियो ।
प्रहरीले वन्यजन्तुको अखटोपार सिङ्ग, गाँजासहित भण्डारीलाई आइतबार सार्वजनिक गरेको हो । यस्तै मकवानपुर प्रहरीले ४८० ट्याबलेट नाईट्रोभेटसहित २ जनालाई शुक्रबार पक्राउ गरेको छ । बाराका सोम बहादुर तामाङ र नवलपरासीका सन्देश तामाङलाई प्रहरीले हेटौंडा-१० स्थित बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता अविनाश अधिकारीले जानकारी दिए ।

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिक्रिया