ब्रुस लीको जीवनीमा फिल्म बनाउँदै आङ ली

लसएन्जल्स- आङ ली, ‘ब्रोकब्याक माउन्टेन’ र ‘लाइफ अफ पाई’ जस्ता अवार्ड विजेता फिल्मका निर्देशक आङ लीले चाइनिज अमेरिकन अभिनेता ब्रुस लीको जीवनीमा फिल्म बनाउने भएका छन् । फिल्ममा ब्रुस लीको भूमिका भने आङ लीका छोरा मासोन लीले निर्वाह गर्ने भएका छन् ।
सन् १९७३ मा ३२ वर्षको उमेरमा दिवंगत अभिनेता ब्रुस लीले छोटो समयमै मार्सल आर्ट श्रेणीका फिल्ममार्फत प्रभावशाली पहिचान बनाएका थिए । उनी अभीनित ‘फिस्ट अफ फ्युरी’, ‘इन्टर दि ड्रागन’, ‘दि वे अफ ड्रागन’ आदि फिल्मले विश्वभर मार्सल आर्टस्लाई परिचित गराउन भूमिका खेलेका थिए ।
पूर्व पश्चिमलाई जोड्ने सेतुको रुपमा उनको भूमिका रहेको बताउँदै आङ लीले सानो उमेरमा उनले प्राप्त गरेको सफलता र संघर्ष पर्दामा भन्ने लोभ धेरै पहिलेदेखि रहेको र अन्ततः त्यो पूरा हुने चरणमा रहेको बताएका थिए ।
३२ नै वर्षका मासोन लीले हलिउड फिल्म ‘हयाङओभर २’ र ‘बिल्ली लिन्स लङ हाफटाइम वाक’मा अभिनय गरेका छन् । उनले हालसालै ताइवानिज रोमान्टिक कमेडी ‘स्ट्यान्ड बाई मी’ र हङकङको ड्रामा ‘लिम्बो’, र ‘हु किल्ड कक रोबिन’मा काम गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया