दोलखामा ३५ प्रतिशत मतदान सकियो

काठमाडौँ । दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा चार स्थलमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।
आयोगको यही ११ मङ्सिर बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो । वैत्यश्वर वडा नं ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्रमा मतदान भइरहेको छ ।
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनःमतदान गर्ने यही मङ्सिर ११ गते निर्णय गरेको थियो । ती मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

प्रधानमन्त्री ओलीले दिए ईदको शुभकामना

ईदले सदभाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ : उपराष्ट्रपति यादव

संसदमा भएको अपमानलाई संकेत गर्दै अध्यक्ष लिङ्देनले भनेः इखको रुपमा लिएर अघि …

राजतन्त्रका हिमायतीहरूको चरित्र उदाङ्गो भयोः उपप्रधानमन्त्री पौडेल

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणबारे पूर्वप्रधानमन्त्री र पूर्व पराराष्ट्रमन्त्रीसँग पर…

अब आन्दोलनको आँधीबेहरी उठ्छः ज्ञानेन्द्र शाही

प्रतिक्रिया