स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता, एमालेकी अर्याल १३ सय मतले पछि

काठमाडौं - स्याङ्जा-२ मा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् । कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले ६,०६५ मतसहित अग्रता कायम गरेका हुन् । यस्तै, एमाकी उम्मेदवार पद्मा अर्यालले उनलाई पछ्याइरहेकी छन् ।
अर्यालले पछिल्लो मतपरणाम अनुसार ४,७६५ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार गुरुङले एमालेकी अर्याललाई १,३०० मतान्तरले पछि पारेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १,५७५ मत ल्याएका छन् ।
स्याङ्जा २ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । ४ मंसिर निर्वाचन सम्पन्न भए पनि झण्डै १२ दिन दलहरूबीचको किचलोका कारण मतगणना सुरु हुन सकेको थिए । निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिदेखि मतगणना सुरु भएको हो ।
तीनकुने घटनाको उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्छ : रास्वपा

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

समाजवादी मोर्चाले कहाँ-कहाँबाट निकाल्दै छ जुलुस ?

प्रमुख तीन दलका शिर्ष नेताका बैठक सुरू, सात नेता सहभागी

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : महामन्त्री शर्मा

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक आज पनि

प्रतिक्रिया