महाअभियोग छिनोफानो नहुँदै अवकाशमा चोलेन्द्र शमशेर राणा

काठमाडौंँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बित अवस्थामै उमेर हदका कारणले तेह्र दिनपछि अवकाशमा जाने भएका छन् । संघीय संसदको निर्वाचन परिणाम आउँदै गरेको हुँदा प्रतिनिधि सभाको बैठक बस्न अझै निकै दिन लाग्ने देखिन्छ । उनी उमेरका हदका कारण यही मंसिर २८ मा अवकाशमा जानेछन् । उनीविरुद्ध लागेको अभियोगको छिनोफानो नभइकन बाहिरिने छन् ।
सर्वाेच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीशले ६५ वर्षसम्म मात्र सेवारत हुन पाउँछन् । २०१४ मंसिर २८ मा जन्मिएका राणाको यही मंसिर २८ मा ६५ वर्ष पुग्नेछन् ।
संसदको महाभियोग समितिले २०७९ असोज १ मा तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासामु महाभियोग लगाउनुपर्ने आधार र कारणसहित सिफारिश गरेको थियो । समितिको प्रतिवेदन पेश गरेलगत्तै प्रतिनिधि सभाको कार्यकाल सकिएको थियो ।
समितिले राणाविरुद्ध नौ वटा अभियोग प्रमाणित भएको उल्लेख गरी ‘केही विषयमा थप अध्ययन, अनुसन्धान अझै गर्नुपर्ने देखिएको र समय अभाव भएकाले अर्काे प्रतिनिधि सभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने’ सिफासिश गरेको थियो । राणाविरुद्ध ९८ जना सांसदले २०७८ फागुन १ मा महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।
त्यसरी प्रस्ताव दर्ता भए लगत्तै उनी निलम्बनमा परेका थिए । उनी निलम्बनमा परेपछि दीपक कार्की कायममुकाम प्रधानन्यायाधीश भएका थिए । उनी उमेर हदका कारण अवकाशमा गइसकेका छन् । हाल हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशका रुपमा सेवारत छन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया