सीमानाकामा नेपाली बाहेकलाई प्रवेश नदिन सीसीएमसीको सिफारिस

काठमाडौँ : कोभिड-१९ को जोखिम बढेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सीमानाकामा नेपाली बाहेकलाई प्रवेश निषेध गर्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले भारत लगायतका देशबाट आउने नेपाली बाहेकलाई प्रवेश नदिन सरकारलाई सिफारिस गरेको हो ।
पछिल्लो समय कोभिड-१९ को जोखिम र त्रास बढेसँगै भारतबाट नेपालीसँगै भारतीय पनि नेपाल आउने क्रम तीव्र भएको सीमानाकामा रहेका स्थानीयले बताएका छन् । नेपाल भएर तेस्रो मूलुक जानका लागि भारतीयहरु आउने क्रम बढेपछि सीसीएमसीले यस्तो सिफारिस गरेको हो ।
सीसीएमसीले नेपाल भारतबीच आवश्यक पर्ने खाद्य सामग्री, पेट्रोलियम पदार्थ लगायतका अतिआवश्यक ढुवानीलाई भने नियमित ओसारपसार गर्न दिने सिफारिस गरेको छ । पछिल्लो समय भारतमा दैनिक हजारौँ संक्रमितको मृत्यु हुन थालेपछि भारतबाट नेपालीसँगै भारतीय पनि आउन थालेपछि सरकारले सीमानाका कडाई गर्न लागेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया