नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्छः गृहमन्त्री खाण

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने बताएका छन् ।
बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरूले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन् । उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामूहिक प्रयत्न गर्ने पनि उल्लेख गरे ।
उनले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए । गृहमन्त्री खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, मतदाता र सुरक्षाकर्मीहरूलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापनसमेत गरे । उनले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्बन गर्ने प्रतिबद्धता जनाए ।
गृहमन्त्री खाणले निर्वाचनका क्रममा केही सुरक्षाकर्मी र नागरिकहरूको निधन भएको भन्दै सरकारको तर्फबाट निधन भएकाहरूप्रति श्रद्धाञ्जली एवं परिवारमा समवेदना प्रकट गरे । उनले दिवंगतहरूको परिवारलाई भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया