मोटरसाइकल ठोक्किँदा एकै गाउँका दुई युवाको मृत्यु

जनकपुरधाम : धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका-८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कुसुम विसौनाका स्थानीयवासी २० वर्षीय भोला महतो र स्थानीयवासी २६ वर्षीय सुनिल शर्मा रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल आइतबार दिउँसो एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुने दुवै मोटरसाइकल चालक हुन् । दुर्घटनामा गम्भीर घाइते दुवै युवकलाई उपचारका लागि जनकपुर लग्ने क्रममा एक जनाको बाटोमै र अर्का युवकको जानकी हेल्थ केयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नंको मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष महतोसमेत गम्भीर घाइते भएको इप्रका ढल्केवरका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । उनको उपचार लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ । दुवैको शवपरीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । रासस

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया