भन्सार छली ल्याएका लाखौं सामान बरामद

महोत्तरी - महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र विभिन्न सामानहरु बरामद गरेको छ ।
आज जिल्लाको सम्सी गाउँपालिका र औरही नगरपालिकामा भारतवाट ल्याइएको ८ लाख ५४ हजार वरावरको मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बेवारिसे अवस्थामा ज १५ प १५७५ नम्बरको मोटरसाइकल र अर्को नम्बर प्लेट नभएको २ वटा मोटरसाइकल, खाध्यन्न समाग्री गरि उक्त मुल्यको सामाग्री बरामद गरेको प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले बताए ।
भन्सार छलीको सवै सामान थप अनुसन्धानको लागी भन्सार कार्यालय जलेश्वर स्थित मालिवारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया