प्रचण्ड र नेपालसँग वाम गठबन्धन हुन सक्दैन : महासेठ

जनकपुरधाम- नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकार निर्माणका लागि नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीसँग कुनै पनि हालतमा वाम एकता हुन नसक्ने बताएका छन् । सरकार गठनका लागि वामदलहरूबीच समीकरण बनाउने कुरो निराधार रहेको बताए ।
'एमाले दोस्रो ठूलो दल बनेको छ, पाँच दलिय गठबन्धनले के गर्छ त्यसकै प्रतिक्षामा हामी छौँ' महासेठले भने 'त्यसपछि मात्रै मन मिल्ने दलसँग कुरो अगाडि बढाउने छौँ ।' यद्यपि माओवादी र नेकपा एकिकृत समाजवादीसँग अहिले तालमेल गर्ने हाम्रो कुनै योजना नरहेको बताए ।
शुक्रबार जनकपुरधाममा प्रेस चौतारी धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा सचिव महासेठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट नै नभएको बताए । 'कम्युनिस्ट भएका व्यक्ति शेरबहादुर देउवाको शरणमा पर्नै सक्दैनन् । उनीहरूसँग कम्युनिस्ट न त विचार छ न व्यवहार, कम्युनिस्टको नाममा देउवाका दास हुन्' उनले भने ।
पत्रकारहरूको जिज्ञासामा धनुषा ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरूलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
उनले भने, ‘मधेशमा ६/७ लाखको संख्यामा रहेका जन्मसिद्ध नागरिकका छोराछोरीले नागरिकता आभावमा पढ्न पाइरहेका छैनन्, रोजगारबाट वञ्चितलगायतका समस्या भोगिरहेकाले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी मधेशभरि नै आन्दोलन गर्छौं ।'

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया