तस्बिरमा अशान्त धनगढी

कैलाली- धनगढीमा ग्रेडरले कुल्चिएर विद्यार्थीको मृत्युपछि घटनास्थलमै रहेको शव प्रहरीले उठाएको भन्दै आक्रोशित विद्यार्थीहरुले निषेधाज्ञा तोडेका छन् । आन्दोलन चर्किँदै गएपछि कैलाली प्रशासनले बिहीबार अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।
बिहीबार बिहान पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा नजिकै काम गरिरहेको ना १ क ९७५ नम्बरको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा बालिकाको कुल्चिएर मृत्यु भएको थियो ।
बिहीबार विद्यार्थीहरुले आन्दोलन गर्दै सडक अवरुद्ध पारेका थिए । आन्दोलन गरिरहेका केही विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका थिए ।

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रतिक्रिया