‘गुञ्जन’ गीत : दुबईमा सारा र प्रितमकोे रोमान्स

काठमाडौँ - आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रविशा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा कर्णराज कार्कीले संगीत दिएका छन् ।
रोमान्टिक थिममा तयार गीतमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीको रोमान्स देख्न सकिन्छ । दुबईको सुन्दर लोकेसनमा खिचिएको गीत दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटको रहेको छ । अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।
विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशनमा डेब्यू फिल्म हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् ।हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्म काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा छायांकन भएको हो । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्ससमेत राखिएको छ । फिल्मका वितरक काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया