बालकोट पुगेर शेरधन राईले ओलीलाई दिए कांग्रेससँग संवाद गर्न सुझाव

काठमाडौं- नेकपा एमाले नेता शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेससँग सहकार्यका लागि संवाद थाल्न सुझाव दिएका छन् । शुक्रबार दिउँसो श्रीमतीसहित बालकोट पुगेका पूर्वमुख्यमन्त्री राईले जनताको जनादेशलाई आत्मसात गर्दै पहिलो र दोस्रो शक्ति र हैसियतमा जनअनुमोदित एमाले र कांग्रेसबीच संवाद सुरु गर्न ओलीलाई आग्रह गरेका हुन् ।
उनले निर्वाचन परिणामबाट पाठ सिक्दै स्थायी राजनीतिक शक्तिहरू मिलेर अगाडि बढ्न, देशलाई राजनीतिक स्थायित्व दिन, सुशासन कायम गर्न, विकास र समृद्विको अभियानलाई तीव्रता दिन बलियो र स्थिर सरकार बनाउनुपर्ने, सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर्नुपर्ने भन्दै कांग्रेससँग किन संवाद नथाल्ने भन्दै प्रश्न गरेका छन् । उनले गठबन्धनको औचित्य सकिएको भन्दै कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
‘देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिस्पर्धा किन नगर्ने ? कि नेपाली कांग्रेस अस्थिर शक्ति र समूहहरूकै वैशाखी टेकेर देश भाँडमै जावस भन्ने चाहन्छ ? देश र जनताको हितार्थ बहस, छलफल र संवाद थाल्न बिलम्ब नगरौं,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् । उनले चौतर्फी घेराबन्दीका बाबजुद पनि ओलीको नेतृत्वमा एमाले सग्लो र प्रमुख शक्तिका रूपमा स्थापित हुन सफल भएको भन्दै अध्यक्षलाई बधाई पनि दिएका छन् ।
भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा उठेका राई माओवादी उम्मेदवार सुदन किराँतीसँग पराजित भएका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया