स्याङ्जा–२ मा धनराजले २७ हजार मत कटाउँदा पद्माको कति ?

वालिङ - प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका हुन् । गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६ सय ३१ मतले अगाडि छन् । हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत ल्याएकी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६ सय ६२ मत प्राप्त गरेका छन् ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका चार वडा गरी ३९ वडाको मगतणना सकिएको छ । अब चापाकोट नगरपालिका–५, ६, ७, ८, ९ र १० को मतगणना मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाउँदै लगेका छन् । चापाकोट नगरपालिका–४ वडासम्मको मतगणना सकिँदा भट्टराई एक हजार नौ सय ६६ मतान्तरसहित अगाडि छन् । भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार सात सय ४९ मत ल्याएका छन् ।

प्रधानमन्त्री ओलीले दिए ईदको शुभकामना

ईदले सदभाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
धर्मले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको छ : उपराष्ट्रपति यादव

संसदमा भएको अपमानलाई संकेत गर्दै अध्यक्ष लिङ्देनले भनेः इखको रुपमा लिएर अघि …

राजतन्त्रका हिमायतीहरूको चरित्र उदाङ्गो भयोः उपप्रधानमन्त्री पौडेल

प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणबारे पूर्वप्रधानमन्त्री र पूर्व पराराष्ट्रमन्त्रीसँग पर…

अब आन्दोलनको आँधीबेहरी उठ्छः ज्ञानेन्द्र शाही

प्रतिक्रिया