‘कान्तरा’माथि गीत चाेरीकाे आराेप

मुम्बई- बलिउड निर्देशक तथा कलाकार रिसब सेठ्ठीको फिल्म ‘कान्तरा’ले रिलिजको दिनदेखि नै बक्स अफिसमा तहल्का पिटिरहेको छ । यो वर्ष रिलिज भएका कन्नड फिल्ममध्ये यो फिल्मले वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्मको रेकर्ड राखिसकेको छ । थिएटरको सफलतापछि यो फिल्म ओटिटी प्लेटफर्ममा रिलिज भइसकेको छ ।
ओटिटीमा रिलिज हुनासाथ फिल्म विवादमा तानिएको छ । केरलाको सांगीतिक ब्याण्ड थाइकुडम ब्रिजले फिल्ममा प्रयोग गरिएको गीत ‘भराहा रूपम’ आफ्नो गीत ‘नवरसम’बाट चोरेको दाबी गरेको छ । उनीहरूले अमेजन प्राइम भिडियोविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । ब्याण्डको चेतावनीपछि ओटिटी प्लेटफर्मले फिल्मबाट उक्त गीत हटाएको छ ।
केही समयअघि ब्याण्डले सामाजिक सञ्जालमार्फत आफूहरू ‘कान्तरा’सँग नजोडिएको जानकारी दिएको थियो । ‘फिल्ममा प्रयोग गरिएको ‘भराह रूपम’ र हाम्रो गीत ‘नवरसम’ मिल्दोजुल्दो छ । हामीले कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौं,' ब्याण्डले भनेको छ ।
दर्शकले भने फिल्मको गीतलाई निकै मन पराएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया