बुढेसकालमा एक्सन फिल्म गर्न चाहन्छन् शाहरुख

मुम्बई - बलिउड अभिनेता शाहरुख खान रोमान्स किङको नामले चिनिन्छन् । उनले अभिनय गरेका प्रेमकथाका धेरै फिल्मले बक्सअफिसमा सफलता पाएका उदाहरण प्रशस्त छन् । अब भने यी अभिनेताले एक्सन फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।
‘मैले अहिलेसम्म एक्सन फिल्म गरेको छैन । मैले धेरै प्रेमकथाका फिल्ममा काम गरें । सामाजिक कथामा पनि काम गरें । धेरै फिल्ममा खराब चरित्र निभाए पनि अहिलेसम्म एक्सन फिल्ममा काम गरेको छैन । म अहिले ५७ वर्ष पुगें । अब मलाई लाग्छ कि अबका केही वर्ष मैले एक्सन फिल्ममा काम गर्नुपर्छ । म ‘मिसन इम्पोसिबल’ शैलीमा फिल्म गर्न चाहन्छु’, उनले भनेका छन् ।
शाहरुख हाल फिल्म ‘पठान’को प्रमोशनमा व्यस्त छन् । सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म सन् २०२३ को डिसेम्बर २५ मा रिलिज हुँदैछ । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया