हराइएका मूर्तिहरूको बारेमा लेखिएको पुस्तक विमोचन

काठमाडौं- डोल्पाबाट हराइएका मूर्तिहरूको बारेमा लेखिएको पुस्तक विमोचन गरिएको छ ।
शनिबार काठमाडौंमा एमिलिन स्मीथद्वारा लेखिएको 'पेमा र डोल्पाबाट चोरिएको मूर्ति' शीर्षकको पुस्तक डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले विमोचन गरेका हुन् ।
डोल्पाबाट हराएका र चोरी हुन सक्ने मूर्तिहरूको बारेमा सचेतना जगाउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो । पेमालाई पात्र बनाएर लेखिएको उक्त पुस्तक डोल्पाका विद्यालयका विद्यार्थीहरूलाई वितरण गरिने गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचेले जानकारी दिए । डोल्पामा अहिले स्थानीयहरू एकजुट भएर संस्कृति र प्राकृतिक धरोहरहरूको जगेर्ना गर्न लागिपरेको उनको भनाइ छ ।
सो अवसरमा डोल्पाली धर्म संस्कृति झल्कने चित्रकला प्रदर्शनी पनि गरिएको थियो ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_E9Sk4ZztXn_xyb1u7pjyi8eqbw89yizqbrtuonvgmxc7ys5zpq4z5rtaq0pjk4nkqsdozrv.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया